काठमाडौं, ३ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन् ।
गएको चैत ३१ गते दुबईबाट फर्किएका युवकलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएका हुन् । उनीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन् । बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेका थिए ।
अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्