जनता टाइम्स

८ बैशाख २०८२, सोमबार ०७:१४

सांसद एवम् राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा


कालिकोट, ८ बैशाख।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा हुनुभएको छ । उहाँलाई हिजो बेलुकी रिहा गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिनुभएको छ ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।