काठमाडौं, ९ वैशाख । काठमाडौँको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार भएको छ। रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो। पुतली तामाङको मृत्यु भएको छ। उनका ११ वर्षका छोरा र १० वर्षकी छोरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ।पुतलीका श्रीमान पदमबहादुर तामाङ हाल फरार छन्। उनैले पत्नी र छोराछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनको खोजी गरिरहेको छ। रामेछाप घर भएका उनीहरु शंखरापुर नगरपालिका ९ सानागाउँमा डेरा बस्दै आएका थिए। तर आइतबार राति उक्त घटना भएको प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्