जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार १७:०३

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने डाक्टरको निर्णय


काठमाडौं, कात्तिक १४

ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ । हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । डा. पाण्डेले पत्रकार सम्मेलन गरी आजै उहालाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
चिकित्सकले डिस्चार्ज दिएपछि उहा केहीबेरमा ग्राण्डी अस्पतालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ ।