जनता टाइम्स

९ बैशाख २०८२, मंगलवार १४:५९

बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको ज्यान गयो


नवलपरासी, ९ बैशाख । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको ज्यान गएको छ ।
स्थानीय दीपेन्द्र परियार र उहाँकी श्रीमती कमला परियारले गएराति जाँड–रक्सी खाएर चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो ।

जाँड–रक्सी खाएका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयवासीले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा ज्यान गएको डीएसपी नेपालले बताउनुभयो ।

शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।