जनता टाइम्स

१२ बैशाख २०८२, शुक्रबार १५:४७

‘शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ’ : प्रकाश ज्वाला


काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो । सहकारीपीडित, मिटरब्याजपीडित र चिकित्सलगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टी प्रकट गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गर्नुभयो । सङ्घीय संसद्को वर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उहाँले कामना गर्नुभयो ।