जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार १२:११

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई शनिबार छिमेकी राष्ट्र भारत जाँदैछन् । नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइट मार्फत भारत जान लागेका हुन् ।

अध्यक्ष डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेको पनि उपाध्यक्ष यमीले जानकारी दिइन् । अधिवेशन भोलि आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।

अध्यक्ष भट्टराईको साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषीयमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।