जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार १३:०८

प्रचण्डलाई जनार्दनको टक्कर, विराटनगर महानगरको अधिवेशनमा बन्यो दुई प्यानल


मोरङ, बैशाख १३ । नेकपा माओवादी केन्द्रको बिराटनगर महानगरको अधिवेशनमा नेतृत्व तोक्ने प्रयाश बिफल बनेको छ । उदघाटन भएको एक सातासम्म स्थगित गरेर नेता तोक्ने प्रयाश असफल भएपछि माओवादी केन्द्र विराटनगर महानगरमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयाश बिफल बनेपछि शनिवार (आज) निर्वाचन गर्ने तयारी भएको छ । निर्वाचनमा दुई वटा समूहले मनोनयन दर्ता गराएका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उपमहासचिव जनार्दन शर्माले टक्कर दिएपछि चुनाव हुन लागेको हो । गत आइतबार भएको माओवादीको नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति छनौट भएको थियो । सो नगर समितिले पदाधिकारी चयन गर्ने छन ।

पदाधिकारीमा सहमति हुन नसकेपछि आज २ बजेबाट निर्वाचन गर्ने तयारी छ । माओवादीको विधानमा छानिएका कार्यसमिति सदस्यहरूले पदाधिकारी छान्ने व्यवस्था छ । माओवादी प्रत्यक्ष निर्वाचनमा अझै जान सकेको छैन । आम प्रतिनिधिले मत हाल्दा आफू सकिने त्रासका कारण माओवादी नेतृत्व निर्वाचित कार्यसमितिबाट पदाधिकारी छान्ने अलोकतान्त्रिक अभ्याश गर्दै आएको छ ।

महानगर कमिटीको पदाधिकारीमा संस्थापनलाई चुनौती दिँदै उपमहासचिव जनार्दन समूहले दिनेश राजवंशीको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएका छ । सो समूहको उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी, चन्द्रबहादुर वन सचिवमा सोनु केवट, सहसचिव दिनेशकुमार यादव उम्मेदवार रहनुभएको छ ।

यसैगरी संस्थापनबाट नमिता न्यौपानेको नेतृत्वमा अर्को समूह बनेको छ । सो समूहको उपाध्यक्षमा शिवराम थन्दार, शारदा मैनाली, सरस्वती ओझा, सचिवमा मो। आजम परवेज र सहसचिवमा भरत गिरी रहनुभएको छ । सो सुमहको नेतृत्व संस्थापनको तर्फबाट माओवादी केन्द्र मोरङ इन्चार्ज समेत रहनुभएका कुलप्रसाद साम्बाले गर्नुभएको छ भने जनार्दन समूहको नेतृत्व माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले गर्नुभएको छ । कोषाध्यक्षमा भने यसअघि नै मनिष सोनी निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।