जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार ०७:१९

आहा ! क्या मनमाेहक पोकली झरना (फोटो फिचर)


रामेछाप, १८ जेठ । लोकसेवा आयोगको तयारी गर्दा धेरैले पढ्ने र साेधिने प्रश्न पोकली झरना । स्थानीय बोलीचालीको भाषामा पाेकली छाँगाे ।

ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको पोकली झरना करिब १ सय ३० मिटर अग्लो छ ।

पोकली भन्दा अग्लो र नेपालकै सबैभन्दा अग्लो झार्न भने कर्णाली प्रदेशको कालिकोटमा रहेको छ । कालिकोटकाे पचल झरना १ सय ४८ मिटर अग्लाे छ।

पोकलीसम्म पुग्ने सडक बनेपछि झरना हेर्न आउने मानिसहरूको सङ्ख्या बढ्न लागेको छ । काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली– सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन् । ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली पुग्न सकिन्छ । अलिले पाेकलि पुगेर रमाउनेकाे संख्या बढ्दै गएकाे छ ।