रामेछाप, १९ जेठ । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा रामेछापमा क्रियाशील पत्रकारहरूको निःशुल्क आँखा परीक्षण गराएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत रहेको रामेछाप सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सदरमुकाम मन्थलीमा सोमबार पत्रकारको निःशुल्क आँखा परीक्षण तथा चश्मा र औषधि वितरण गरिएको हो । शिविरमा रामेछापका २८ जना पत्रकारले आँखा परीक्षण गराएको नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो ।
आँखा परीक्षणमा चस्माको प्रयोग गर्न पर्ने २५ जना पत्रकारलाई निःशुल्क चश्मा उपलब्ध गराइएको युनियनका जिल्ला उपाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसका साथै पत्रकारहरूलाई आँखामा राख्ने औषधी समेत निःशुल्क वितरण गरिएको छ ।
युनियनले ३४ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । जस अनुसार अस्पतालका बिरामीलाई फलफूले वितरण, दीप प्रज्वलन, अन्तरक्रिया लगायतका कार्यक्रम गरिएको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्