काठमाडौं, २७ जेठ । चिनियाँ राजदूत छन् सोङ झापा पुग्नु भएको छ ।
सोङ झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । सोङले अर्जुनधारामा स्थापना गरिएको सुपेरिको पातबाट निर्मित दुना–टपरी उद्योग, मुडा उद्योग लगायतका साना तथा मझौला उद्योगहरूको निरीक्षण गर्नुभएको छ ।
नगरपालिकाका जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समुदायका अगुवाहरू तथा सर्वसाधारणको सहभागिता रहेको सो कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोमदेनले अर्जुनधाराले चीनबाट सहयोग र सहकार्यको अपेक्षा राखेको बताउनुभयो ।
राजदूत सोङले शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको सहभागिता थियो । विद्यालय व्यवस्थापन समितिले चिनियाँ सहयोगप्रति आभार प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्