जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार ०९:३५

६.४ म्याग्निच्युडको भूकम्पको धक्का


काठमाडौं ।  ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

हुआलियन शहरबाट लगभग ७१ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको बताएको छ । यता अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ५.९ म्याग्निच्युडको रहेको बताएको छ ।

भूकम्प आउनुभन्दा ठीक अघि मोबाइल फोनमा अलार्म बज्यो र भवनहरू लगभग एक मिनेटसम्म हल्लिएका थिए । यद्यपी भूकम्पबाट अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन ।