जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १३:०६

प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन एमाले महासचिव बेलायत प्रस्थान 


काठमाडौं, २९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत जानुभएको छ ।

प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन  गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको हो ।

भोलिबाट सुरु हुने सम्मेलनको महासचिव पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरेलका साथमा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत जानुभएको छ ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँ रहेका नेपाली समुदायका साथै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

महासचिव पोखरेल असार ८  गते स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।