रामेछाप, २९ जेठ । रामेछापमा भिनाजुले सालोको हत्या गरेका छन् ।
रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।
कोठामा एक्लै बसी रहेको अवस्थामा लबकुमारलाई भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरेले आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिनुभयो ।
मंगलबार साँझ घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले घटना गराई भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
आरोपीलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराई १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्