जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १८:४६

भरतमा भएको विमान दुर्घटना प्रति नेपालद्वारा दुःख व्यक्त 


काठमाडौं, २९ जेठ । भारतमा आज विमान दुर्घटना भएकोमा नेपाल सरकारले दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी आज भारतको अहमदाबादमा एयर इण्डियाको उडान एआई १७१ को दुखद दुर्घटनाबाट नेपाल सरकार स्तब्ध र दुःखी भएको जनाएको छ । भारत सरकार र सो दुर्भाग्यपूर्ण घटनामा आफ्ना प्रियजन गुमाउने शोक सन्तप्त परिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।

’गहिरो दुःखको यस समयमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

आज भारतको अहमदावाद विमानस्थलबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान उडे लगत्तै दुर्घटनामा परेको थियो ।   जहाज मेडिकल कलेको होस्टलमा गएर ठोक्किँदा पाँज जनाको विद्यार्थीको समेत ज्यान गएको छ । जहाजमा २ सय ४२ जना यात्री सवार थिए ।