काठमाडौं, ३१ जेठ । डा. सुजन कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चुनिए पछिको पहिलो बैठक सुरु भएको छ ।
संगठनको प्रथम बैठक अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको अध्यक्षता र नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता बैठक सुरु भएको हो । बैठक नेकपा एमालेको केन्द्रीय कार्यालयको तुल्सिलाल अमात्य स्मृति सभा हलमा चलिरहेको छ ।
संगठनको पहिलो बैठक भएकोले अधिवेशन आयोजक कमिटी र सरोकारवालालाई धन्यवाद दिने तथा शुभकामना आदानप्रदान हुने छ । त्यस्तै संगठनको नयाँ योजनाका बारेमा पनि सामान्य छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्