काठमाडौं, ३१ जेठ । मोरङमा माछा मार्ने क्रममा करेन्ट लगाएर एक दम्पतीको ज्यान गएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उहाँकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको करेन्ट लागेर ज्यान गएको हो ।
मोरङ प्रहरीका अनुसार घर नजिकै मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै ज्यान गएको हो ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । करेन्ट लागेर दुवै जनाको बिहान पौने १० बजेतिर ज्यान गएको हो ।
उनीहरूको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्