जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १७:१२

‘इन्स्योरेन्स कम्पनी अब बीग मर्जरमा जानु पर्छ’


रेमश भट्टराई २० वर्ष अघि मार्केटिङ अफिसरको रुपमा युनाईटेड इन्सुरेन्समा प्रवेश गरेका थिए । २० वर्षको बीचमा उनले धेरै इन्सुरेन्स कम्पनीमा फरक फरक भुमिकामा काम गरे । हाल उनी युनईटेड इन्सुरेन्समा एक्टीङ सिईओको रुपमा कार्यरत छन् । उनको अनुभव , इन्सुरेन्स व्यवसायमा वृद्धी , युनाईटेड इन्सुरेन्सको अवस्था लगाएत विषयमा उनी बसन्त अर्यालले गरेको कुराकानी:

हाल इन्स्योरेन्सको बजारको अवस्था कस्तो छ ?

इन्सुरेन्सको बजार बढ्दो छ । विषेशगरी जनरल इन्स्योरेन्स त अनिवार्य जस्तै भएको छ । व्यक्ति आफैले नगरे पनि बैंकले गरिदिन्छ । करिव ९० प्रतिशत बजार त बैंक सँगै जोडिएको छ । १० प्रतिशतमात्र हो बिना बैंक इन्स्योरेन्समा आउने । बैंकको व्यवसाय जति बढ्छ, त्यसको आधारमा नै इन्स्योरेन्सको पनि बढ्ने गरेको छ । नेपालमा जति उद्योग व्यवसायमा लगानी बढ्छ, त्यसकै आधारमा नै इन्स्योरेन्स व्यवसाय बढ्ने हो । आशा गरौं आउने दिनमा अझै फस्टाउने छ ।

नेपालमा अहिले पनि जनरल इन्स्योरेन्सको क्षेत्र त धेरै नै छ । तर, जति बढ्नु पर्ने हो त्यति बढेको छैन नि ?

नेपालमा यात्रु बीमा अनिवार्य गरे पछि हाम्रो बजार ह्वात्तै बढेको छ । यात्रु बीमाको १ लाखबाट ५ लाख बनाउँदा बीमाको बजार बढ्यो । तर सरकारले अनिवार्य गर्नुपर्ने धेरै ठाउँ छन् । जस्तै काठमाण्डौ महानगरपलिका भित्रका सबै घर इन्स्योरेन्स भित्र आउनु पर्छ भन्ने नीति बनाइयो भने इन्स्योरेन्सको बजार त बढिहहाल्छ नि । कुन चाहिँ कम्पनीलाई बढी नाफा भयो भन्ने भन्दा पनि बीमा व्यवसाय बढ्नु ठूलो कुरा हो ।

वास्तवमा अनिवार्य बीमा गर्ने नीति हुने हो भने सरकारले आपत् विपत् भनेर कोष खडा गर्नु नै पर्दैन । जस्तो बारा र पर्सामा हुरी आयो कतिका भौतिक संरचना नष्ट भए । अनिवार्य बीमा भएको भए सरकारको टाउको दुखाइ हुने नै थिएन । बीमा कम्पनीले सबै बेहोथ्र्यो । सरकारले चाहे गाउँ होस् या शहर आफ्नो सम्पतीको बीमा गर्नुपर्ने अनिवार्य नियम बनाए सरकारलाई भार पनि कम हुने इन्स्योरेन्स कम्पनी पनि फस्टाउने हुन्छ । यसको लागि प्रिमियम घटाउने संख्या बढाउने गर्नुपर्छ ।

सरकारले अनिवार्य नगरे पनि जनताले आफै बीमा गर्नु पर्ने होइन र ? विश्वासको वातावरण बनाउन नसक्नु भएको हो कि?

विश्वास छ । इन्स्योरेन्स पनि बुझे तर इन्स्योरेन्स गर्दा मलाई नै फाइदा हुन्छ भन्ने कुरा बुझेनने । यो बुझाउन गाह्रो छ। अब भूकम्प आउने बेलामा सबैले इस्योरेन्स गर्नुपर्छ भन्न सवैले महशुस गरे । तर अहिले धेरैले बिर्सिसके ।

सर्वसाधरणलाई बीमामा जागरुक बनाइ राख्न के गर्नुपर्छ ?

हामीले सबैलाई जागरुक बनाउनको लागि गाउँ–गाउँमा इन्सुरेन्सका साखा खोलेका छौं। प्रायः सबै इन्स्योरेन्स कम्पनी अहिले शहरमात्र होइन, गाउँमा पनि पुगेका छन् । यसले बीमाप्रति जागरुक बनाउन सहयोग गरेको छ। सरकारको तर्फबाट गर्नुपर्ने काम पनि भएका छैनन् ।

नाफा नदेखे बीमा कम्पनी तर्किन्छन् भन्ने पनि छ नि ?

होइन, त्यस्तो हुँदै होइन। माइक्रो इन्स्योरेन्समा अलि फाइदा कम होला, अरूमा त बीमा कम्पनीले नाफा गरेकै छन् । किन तर्किनु प¥यो ? बीमा समितीले हामीलाई क्षेत्र तोकिदिएको छ। हामीले माइक्रो इन्स्योरेन्स पनि राम्रै काम गरेका छौं ।अहिले इन्सुरेन्स कम्पनी जोखिम देखेर भाग्दैनन् । जोखिम बढी भए नाफा पनि त बढी नै हुन्छ नि । त्यसै पनि हामीले रि–इन्स्योरेन्स गरेका हुन्छौं ।

दाबी भुक्तानीको अवस्था कस्तो छ ?

म त मार्केटिङबाट आएको मान्छे । मेरो मुल मन्त्र नै दाबी राखेको छु । हामीले दाबीलाई राम्रोसम्ग व्यवस्थापन गर्न सकेनौ भने हाम्रो बजारमा नै असर गर्ने हो । दाबी भुक्तानीबाट हामीले ग्राहकलाई सन्तुस्ट पार्न सकेनौं भने हामी प्रति विश्वास कम हुन्छ ।  मैले नारा नै लिएर आएको छु ‘दाबी ठाउँको ठाउँ युनाईटेड इन्स्योरेन्स जाम’। अहिले तपाईंले बजारमा कतै युनाइटेड इन्सुरेन्सले दाबी भुक्तानी समयमै दिँदैन भन्ने गुनासो नै पाउनु हुँदैन । जुन कम्पनीले क्लेमलाई प्राथमिकतामा राख्दैन त्यसले विजनेस नै उठाउन सक्दैन।

धेरै इन्स्योरेन्स कम्पनी हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ नि?

यो कस्तो भयो भने कम्पनी २० वटा भयो विजनेस भनेको २२÷२३ सय करोडको हो। बजारको साइज एकदम सानो भयो, प्रतिस्पर्धा एकदम कडा छ। प्रतिस्पर्धा सर्भिस दिनेमा, दाबी भुक्तानी दिनेमा, सुविधामा हुनुपथ्र्यो तर इन्स्योरेन्स कम्पनीहरू अरू अस्वस्थ प्रतिस्पर्धामा लागे। युनाइटेड इन्स्योरेन्सको लक्ष्य नै दाबी भुक्तानी समयमै दिएर, सेवा राम्रो दिएर व्यवसाय गर्ने कम्पनी हो।

इन्स्योरेन्स कम्पनी र बजार व्यवस्थापन कसरी गर्न सकिन्छ ?

बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्छ । अहिले बजारमा फर्जी क्लेम एकदम बढेको छ । एक्सीडेन्ट भएपछि इन्सस्योरेन्स गर्न आउने, नभएको घटनालाई पनि बनावटी बनाउने विषयमा चनाखो भएर कन्ट्रोल गर्नुपर्छ । इन्स्योरेन्सको बजारलाई व्यवस्थित गर्ने हो भने ‘बीग मर्जर’ हुनुपर्छ । किनकी एक अर्व पूँजी त सबैको हुन्छ तर सानो बजारमा कति विजनेश गरेर बस्ने भन्ने मुख्यकुरा हो । विग मर्जरको बेला आएको मैले महसुश गर्दैछु । अहिले जो बिग मर्जर भएर अगाडि आउँछ बजार उसैले लिड गर्छ । बैंकमा बिग मर्जर भने जस्तै इन्स्योरेन्समा पनि बिग मर्जर हुन आवश्यक छ ।

पूँजी वृद्धि कसरी पूरा गर्दै हुनुहुन्छ ?

यो आर्थिक वर्ष भित्र एक अर्व पु¥याउनु पर्ने बाध्यत्मक अवस्था छ । हामीले विशेष साधारण सभाबाट २४० राइट सेयर पास गरेका छौं । यो आर्र्थिक वर्षभित्र हाम्रो पूँजी पुग्छ ।

इन्स्योरेन्सको लागि कुन क्षेत्रको बढी योगदान छ ?

अहिलेको बजारमा ४० देखी ४५ प्रतिशत व्यवसाय अटो क्षेत्रको नै छ । मोटरमा तेस्रो पक्ष अनिवार्य गर्दा यसको बजार हिस्सा बढी भएको हो । २० प्रतिशत जति फायर छ बाँकी इन्जीनियरिङ, एभिएसन क्षेत्र अघि छन् । ‘विजनेशको साइज’ अहिले सानो छ । अहिले बढ्दो क्रममा छ केही समयभित्र इन्स्योरेन्सको बजार ठूलै हुन्छ ।

धेरै इन्स्योरेन्स कम्पनीले माइक्रो इन्स्योरेन्समा ध्यान दिँदैनन् । युनाइटेड इन्स्योरेन्सको कस्तो छ ?

माइक्रोमा हाम्रो बजार राम्रै विस्तार भइरहेको छ । हुनतः अहिले बीमा समितिले माइक्रोमा १० प्रतिशत क्षेत्र तोकेको छ । तर माइक्रोमा अझै जनाचेतना बढाउनु पर्ने छ । अहिले सरकारले किसानको लागि ७५ प्रतिशत आफै गर्दिन्छु भनेको छ तर किसान अझै पनि इन्स्योरेन्स गर्न उत्साहित छैनन् । किसानलाई यो कुरा राम्ररी बुझाउने हो भने इन्सुरेन्सको व्यवसाय बढ्थ्यो ।

इन्सुरेन्स कम्पनीले उर्जा, कृषी, पर्यटन लागएतका क्षेत्रमा लगानी गर्न पाउने भनेको छ । यसले कस्तो फाइदा गर्छ ?

पहिला बैंक तथा वित्तिय संस्थामा मात्र इन्सुरेन्स कम्पनीले लगानी गर्न पाउँथे अब क्षेत्र विस्तार भएको छ । यसले इन्स्योरेन्सको नाफा वृद्धि गर्छ ।

युनाइटेड इन्स्योरेन्सको आगामी योजना के–के हुन् ?

पहिला त पूँजी १ अर्व पुर्याउनु छ । त्यो यो आर्थिक वर्ष भित्र पुग्छ । अहिले २९ ओटा शाखा छन् । अब प्रदेश स्तरमा कम्पनी विस्तार हुन्छ । शक्तिशाली प्रदेश अफिस बनाई एउटा प्रदेशले कम्तीमा पनि १० ओटा शाखा हेर्ने गरी शाखा विस्तार गरी अघि बढ्ने योजना छ ।