जनता टाइम्स

७ आश्विन २०८२, मंगलवार १२:४९

केपी ‌ओलीकाे सक्रियता बढ्याे, कार्यकर्ता भेटघाटमा व्यस्त


काठमाडौं, असोज ७। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित भाडामा लिएको नयाँ निवासमा सक्रिय हुन थाल्नु भएकाे छ। पछिल्ला दिनमा साे निवासमा पार्टीका नेता–कार्यकर्ताको बाक्लो उपस्थितिसहित भेटघाट र छलफल बढेको छ।

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा ओलीको निजी निवासमा आगजनी भएपछि उहाँले त्यहाँ बसाइ त्यागेर भाडाको घर रोज्नुभएको हो। नयाँ निवासमा उहाँलाई भेट्न आएका कार्यकर्ताले अध्यक्ष ओलीसँग सामूहिक तथा व्यक्तिगत फोटो खिचाइरहेका छन्। तर ओलीले भेटघाटका क्रममा कुनै सार्वजनिक टिप्पणी गर्नु भएकाे छ ।

उक्त आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुभएको थियो। राजीनामापछि केही समय उहाँ सेनाको सुरक्षा व्यवस्थाभित्र बस्नुभएको थियो।

त्यसयता व्यक्तिगत र सार्वजनिक रूपमा देखिनु नभएका ओली अहिले पुनः सक्रिय रूपमा कार्यकर्तामाझ उपस्थित हुन थाल्नु भएकाे छ ।