काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि रङ्गशालामा उपस्थित भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।















प्रतिक्रिया दिनुहोस्