सज्जन ढकाल/ गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ,अर्बेनी दभौखानीमा पिक अप स्कारपियो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रदेशको BAA 0220 नम्बरको महेन्द्र कम्पनीको स्कारपियो दभौखानीबाट स्याङ्जाको वालिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
उक्त गाडी सडकबाट करिब लगभग २५० मिटर तल खसेको छ। दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटना हुनुको कारण, मृतकहरूको पहिचान तथा अन्य सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी छ।














प्रतिक्रिया दिनुहोस्