जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार १८:२६

गुल्मी स्कारपियाे दुर्घटनामा मृतककाे संख्या ६ पुग्याे


सज्जन ढकाल/गुल्मी। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ,अर्बेनी दभौखानीमा पिक अप स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

५ जनाको घटनास्थल र एक जनाको उपचारको लागि हस्पिटल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । गाडिमा ९ जना सवार रहेका थिए अन्य तीन जनालाई उपचारको लागि हस्पिटल लगिएको छ ।

गण्डकी प्रदेशको BAA 0220 नम्बरको महेन्द्र कम्पनीको स्कारपियो दभौखानीबाट स्याङ्जाको वालिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।हिले सिद्धको दर्शन गरि सिरकोट बाट वालिङ्ग स्याङ्जा फर्कदै गर्दा दभौखानिमा दुर्घटना भएको हो ।

उक्त गाडी सडकबाट करिब लगभग २५० मिटर तल खसेको छ। दुर्घटनामा ५ जनाको घटना स्थल र एक जनाको उपचारको लागि हस्पिटल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ।

स्थानीय तथा उद्दार कर्ता ओभिन बुढा मगरका अनुसार दुर्घटना हुनुको कारण, मृतकहरूको पहिचान तथा अन्य सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ।