काठमाडौं, असोज ११। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास र लोकतन्त्र नष्ट गर्न लागेका गतिविधिलाई सफल हुन नदिने बताउनुभएकाे छ।
शनिबार भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेटघाट कार्यक्रममा बाेल्दै बस्नेतले एमाले रहँदासम्म यस्ता प्रयास सफल नहुने बताउनुभयाे । उ, ‘नेकपा एमाले छ, एमाले यो धर्तीमा छ, युवा संघ छ, कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन्, हामी लोकतन्त्र मार्न दिँदैनौँ हामी संविधान जलाउन दिँदैनौँ’, हाँले भन्नुभयो ।
बस्नेतले अहिलेका केही घटनाक्रमले देशलाई एम्बुसमा पार्ने तथा राष्ट्रिय संस्थागत संरचना भत्काउने प्रयास भएकाे बताउनुभयाे। उहाँले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद् र सर्वोच्च अदालतजस्ता संवैधानिक भवनहरूमा आगजनी भएका र त्यसले उद्देश्यप्रतिको षड्यन्त्रलाई सङ्केत गरेकाे बताउनुभयो।
उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सम्बन्धित ‘खेल’लाई पनि सफलता नदिने बताउनुभयाे । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौँ, हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनाएर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवालाई आपराधिक र आतङ्ककारी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौँ’, बस्नेतले भन्नुभयाे ।
बस्नेतले जेनजी आन्दोलनको भावना बुझेर केपी ओलीले भदाै २४ गते राजीनामा दिनुभएकाे बताउनुभयाे। भदाै २३ काे घटना पनि बाहिरी शक्तिले घटाएकाे उहाँकाे दाबी छ । ‘२१ जनाको हत्या भयो, एम्बुलेन्सबाट गोली चलाइएको छ, स्कुल ड्रेस लगाएकाले गोली हानेका छन्’, उहाँले भन्नुभयेा ।
उहाँले भदाै २३, २४ काे आन्दाेलन नेपाल नै सिद्याउने षडयन्त्र अनुसार भएकाे बताउनुभयाे । ‘१४ हजार बढी कैदी भगाइएको छ, हजारौँ प्रहरीका हतियार लुटिएका छन्, केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन, जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो, नेपाललाई एम्बुसमा पार्न खोजियो’, बस्नेतले भन्नुभयाे ।
बस्नेतले राष्ट्रहित र संवैधानिक व्यवस्था सुदृढ बनाइराख्न सबै लोकतान्त्रिक बलसँग एकजुट हुनुपर्ने र हिंसा तथा विनाशकारी गतिविधिका विरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्