जनता टाइम्स

१६ आश्विन २०८२, बिहीबार २१:२८

रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु


रामेछाप, असाेज १६ । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पुर्‍याइएका घिसिङकाे उपचारको क्रममा अस्पतालमा मृत्यु भएकाे हाे ।

ट्याक्सी सडकबाट खसेर एउटा घरमा ठाेक्किएकाे छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।