काठमाडौं, असोज १८ । धनगढीबाट पोखराका लागि छुटेको यात्रुवाहक बस आज दिउँसो धनगढीको बोराडाँडी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो। बा २ख १९०७ नम्बरकाे बसमा सवार सबै १२ जना यात्रु घाइते भएका छन् । जस मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ। बस तीव्र गतिमा भएको र सडक चिप्लो रहेकाले दुर्घटना भएको हुन सक्ने बताइएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्