जनता टाइम्स

२१ आश्विन २०८२, मंगलवार १४:५३

माछा मार्नेक्रममा एक जनाको मृत्यु


धनगढी । कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। सोमवार बिहान जोशीपुर गाउँपालिका–७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डगौराले घर नजिकैको नालामा बिजुलीको तार जडान गरी माछा मार्ने बेला सोही तारमा करेन्टको आक्रमणमा परेका थिए।