जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार ११:०४

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नहुने 


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पार्टी पदाधिकारी बैठकमा सहभागी नहुनुहुने भएकाे छ ।

कुपण्डोलस्थित एक होटेलमा दिउँसो बस्ने सो बैठकमा पदाधिकारीबीच अनौपचारिक छलफल हुने भएकाले सभापति देउवा सहभागी नहुने जनाइएको हो। पदाधिकारीबीच अनौपचारिक छलफल भएका कारण उहाँ सहभागी नहुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने बताइएकाे छ । देउवा सहभागी नहुने भएपछि बैठकको अध्यक्षता पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नुहुने भएको छ।

दिउँसो १ बजे सुरु हुने बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा, महाधिवेशन तयारी, आन्तरिक निर्वाचन तथा अन्य संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।