जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार ०७:०८

माइतीघरबाट पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको पुष्टि


काठमाडौँ, असोज २४।  बिहीबार काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको स्वास्थ्य रिपोर्ट आएको छ ।प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो ।

यसअघि पनि गत वर्ष निकोलसलाई पक्राउ गरेर स्वास्थ्य जाँच गर्दा उनले गाँजा खाएको रिपोर्टमा उल्लेख भएको थियो । यो पटक बिहीबार पनि गाँजा सेवन गरेको रिपोर्ट आएको एसपी भट्टराईले बताउनुभयो । प्रहरीले भुसाललाई उनका आफन्तलाई बुझाउने तयारी गरिरहेको छ । निकोलसलाई सुधारगृहमा राख्ने शर्तमा मात्रै प्रहरीले आफन्तलाई बुझाउने तयारी गरेको एसपी जानकारी भट्टराईले बताउनुभयो ।