काठमाडौं, असोज २४ । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
चंखेली गाउँपालिका–६ मेल्छामबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको बोलेरो जिप शुक्रबार बिहान चंखेली गाउँपालिका–४ देसीखोला गोठ्यानामा दुर्घटना भएको हो ।
हुम्लाबाट नौ जना यात्रु बोकेर आएको उक्त जिप दुर्घटना हुँदा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी नाबालिका छोरी र मानवीर बुढाको मृत्यु भएको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयो ।
जिप दुर्घटनामा हुम्लाका कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा सहित सात जना घाइते छन् ।













प्रतिक्रिया दिनुहोस्