जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार १३:५१

जेनजी आन्दोलनमा लुटिएको राइफल बेवारिसे अवस्थामा भेटियो


काठमाडौं, २६ असोज।  झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा राइफल फेला परेको छ ।

बेवारिसे अवस्थामा फेला परेको राइफल इलाका प्रहरी कार्यालय दमकको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले पुष्टि गर्नुभएको छ । स्थानीयवासीले आइतबार बिहान बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमान्डमा टोली खटिएको थियो ।

एसपी खड्काका अनुसार फेला परेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल हो । राइफल म्यागजिनसहित भेटिएको छ ।