जनता टाइम्स

२७ आश्विन २०८२, सोमबार १८:०५

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५०सिसि फेला


काठमाडौं, असोज २७ । यसपालीको दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटो पार्ट्स प्रालिले ग्राहकहरूका लागि “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

दसैंमा अपार सफलता प्राप्त गरेपछि, अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अद्वितीय अवसर पाउने सिप्रदी अटो पार्टसले जनाएको छ ।

केवल दुई हप्ता मात्र बाँकी

अब ढिलो नगरी, टाटा जेन्युइन पार्ट्स खरिद गर्नुहोस्, लक्की ड्रमा सहभागी बन्नुहोस्, र बजाज पल्सर १५० सिसि जित्ने मौका आफ्नो बनाउनुहोस ! कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकहरूले आफ्नो सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटाड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान उपहार तथा क्यासब्याक जित्ने सुनौलो अवसर पाउने छन्।

लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरू :
– रु. १,००,०००माथिको खरिदमा बजाज पल्सर १५० सिसि (बम्परउपहार)
– रु. ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि)
– रु. २५,००० माथिको खरिदमा स्मार्ट टिभी
– रु. ५,००० माथिको खरिदमा स्मार्ट फोन
साथै, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिने सो कम्पनीले जनाएको छ।

सक्कली पार्ट्स प्रयोगको फाइदा 

टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लचलगायतका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ।यसले मर्मत खर्च घटाउँछ र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ।

टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालि हो।नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ।