काठमाडौं, असोज २८। आफूविरुद्ध एकपछि अर्को राजनीतिक दलका विद्यार्थी संगठनले प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा पनि मौन काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सोमबार राति सामाजिक सञ्जालमा एउटा कविता लेख्नुभएको छ । ‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गर्नुभएको उहाँले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेपछि आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा श्रमिक, किसान, मजदुरप्रति उहाँको धारणा पहिलेदेखि नकारात्मक छ भनेर टिप्पणी भइरहेको छ।
बालेनको कवितामा किसानलाई ‘फोहोरी’को संज्ञाः श्रमिक, किसान, मजदुरप्रति पहिलेदेखि नकारात्मक













प्रतिक्रिया दिनुहोस्