जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार २०:२१

पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश


काठमाडौँ, असोज २९ । माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई थुनामा पठाउने आदेश जारी गरेको हो । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र प्रक्रिया सम्पन्न भएको थियो भने, त्यसको भोलिपल्ट अर्थात् बुधबार दुवै पक्षको बहस सकेर अदालतले थुनामा राख्ने आदेश दिएको हो ।

महरामाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न रहेको आरोप छ । सोही आरोपमा उहाँलाई केही साताअघि पक्राउ गरिएको थियो । अब अदालतको आदेशअनुसार उहाँलाई पूर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अगाडि बढाइनेछ ।