जनता टाइम्स

३० आश्विन २०८२, बिहीबार ०७:४४

राष्ट्रपतिद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली, निधनको खबरप्रति गहिरो दुःख


काठमाडौं, असोज ३०। राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ।

राष्ट्रपतिले जारी गर्नुभएको सन्देशमा उहाँले प्यालेस्टिनी समूह हमासको कब्जामा रहनु भएका जोशीको रिहाइका लागि आफूले पटक–पटक अथक प्रयास गरेको स्मरण गर्नुभएको छ। उहाँले अकस्मात् जोशीको निधन भएको खबरले आफू स्तब्ध र दुःखी भएको उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले दिवङ्गत जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवार, आफन्तजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

राष्ट्रपतिले जोशीको असामयिक निधनले नेपाली समाज र शिक्षासँग जोडिएका युवामध्ये एक उज्ज्वल सम्भावना हराएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।