झापा, असाेज ३० । झापाको गौरादह नगरपालिका–९ सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अञ्जु मगरकी दुई छोरी ७ वर्षीया सुष्मा मगर र ९ वर्षीया स्वीकृति मगर रहेका छन् । त्यस्तै निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार पनि डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बालिकाहरू आज दिउँसो माछा मार्ने क्रममा खोलामा डुबेका थिए। स्थानीयवासीले जानकारी पाएपछि प्रहरीसँगै उद्धारका लागि घटनास्थलमा पुग्दा उनीहरुकाे मृत अवस्थामा उद्दार भएकाे हाे । शव पोस्टमार्टमका लागि बिर्तामोडस्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ।














प्रतिक्रिया दिनुहोस्