काठमाडौं, १ कात्तिक। जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले राजनीतिक दल खोल्न लागेको घोषणा गर्नुभएको हो ।
ढुङ्गानाले चुनावमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्नुभयो । आफूहरूको बटमलाइन सरकारले पूरा नगरेसम्म चुनावमा भाग नलिने उहाँले बताउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरूको प्रमुख मुद्दा भएको उहाँको भनाई छ । जेनजी अभियन्ताहरूलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको उहाँको भनाइ छ ।
जेनजी अभियन्ता ढुङ्गानाले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुङ्ग्याउने जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्