मुस्ताङ, कात्तिक १ । संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका(१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् ।म्याग्दीको धौलागिरि पदमार्ग हुँदै धम्पुस लेकमा प्रवेश गरेपछि ३२ वर्षीय जर्मनी पर्यटक दामिनो डेल्फाप्लो र गाइड मिमा शुक्रबार राति साढे ९ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।
प्रनाउ लामाले भन्नुभयो, ‘‘सम्पर्कविहीन भएपछि खोजीकार्ये सुरू भएको छ, गाइडको मोबाइल समेत अफ छ ।’’ सम्पर्कविहीन पर्यटक र गाइड म्याग्दीको सिमानाबाट मुस्ताङमा प्रवेश गरेको पुष्टि भएपछि सेभेन समिट ट्रेक्सले हेली एभरेस्ट ले खोजी कार्य सुरू गरेको छ । सम्पर्कविहीन भएको स्थान आसपासमा हेलिकोप्टरबाट खोजीकार्य गर्दा नभेटिएको अवस्थामा प्रहरीले स्थलगत खोजीकार्यलाई अगाडि बढाउने जनाएको छ । पदयात्रामा रमाउने विदेशी पर्यटकका लागि धौलागिरि फन्को मार्ने म्याग्दी र मुस्ताङतर्फबाट उक्त पदमार्गको प्रयोग गर्ने गरिन्छ । यस पदमार्गमा पर्ने रुटमा हिमपात हुने भएकाले साहसिक तथा जोखिमपूर्ण रहेको मानिन्छ ।













प्रतिक्रिया दिनुहोस्