जनता टाइम्स

१ कार्तिक २०८२, शनिबार २१:००

रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु


काठमाडौं, कात्तिक १ । रौतहटको झाँझ नदीमा शनिबार डुबेर दुई जना बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगर स्थित झाझ नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार  देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय नीरज साह र १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो । नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका थिए ।