काठमाडौं, कात्तिक ४ । नेपाल विद्युत् प्राधिकरणले ठुला उद्योगको लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको हाे । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको जनाएको छ ।
जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको महसुल नबुझाएको प्राधिकरणको दाबी छ ।
किस्ताको सुविधा लिएर पहिलो किस्ता रकम तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने प्राधिकरणले जनाएको छ । तर उद्योगीहरूले भने प्राधिकरणले सही बिल नदिएको कारण रकम नतिरेको बताउँदै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्