जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार १४:१९

सिन्धुलीमा तीन थान अवैध बन्दुक सहित तीनजना पक्राउ


सिन्धुली, कात्तिक ५ । सिन्धुलीको दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन थान अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले खानतलासीका क्रममा ती हतियार फेला पारेको हो । प्रहरीले स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार, ५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूकै घर नजिक लुकाइराखिएका अवस्थामा ती भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनासँग बरामद हतियारसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।