जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार १८:५८

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा तीन युवाको डुबेर मृत्यु


काठमाडौं, कात्तिक ५ । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जनका क्रममा बुधबार तीन युवाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका रुपन्देही प्रहरीका प्रवक्ता सुरज कार्कीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनका क्रममा नदीको खोलो तीव्र हुँदा उनीहरू डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएका युवाहरूको खोजीमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले करिब २ सय मिटर तल तीनै जनाको शव फेला पारेको प्रहरीले जनाएको छ। छठ पर्वको तयारी भइरहेका बेला घटेको यो दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको छ ।