जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार २०:००

बलियो संगठन र सही नेतृत्वले मात्र देश, जनता, आन्दोलन, विचार, पार्टी र नेतृत्वको रक्षा गर्नसक्छ : योगेश भट्टराई


काठमाडौं, कात्तिक ५ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बलियो संगठन र सही नेतृत्वले मात्र देश, जनता र आन्दोलनको रक्षा गर्न सक्ने बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘बलियो संगठन र सही नेतृत्वले मात्र देश, जनता, आन्दोलन, विचार, पार्टी र नेतृत्वको रक्षा गर्नसक्छ, अराजनीतिक ग्याङले त आफ्नो स्वार्थ मात्र हेर्छ, कसको भर गर्ने ? आजको अहम् प्रश्न हो ।’

भट्टराईले आफ्नो स्ट्याटसमा ‘अराजनीतिक ग्याङ’ भन्ने शब्द प्रयोग गर्दै राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रवृत्तिप्रति सङ्केत गर्नुभएको छ। उहाँले राजनीतिक संगठन र सिद्धान्तप्रति आस्थावान् नेतृत्व नै देश र जनताको हितका लागि आवश्यक रहेको धारणा राख्नु भएको छ ।