जनता टाइम्स

६ कार्तिक २०८२, बिहीबार ०७:१२

बालेन शाह पानी माथिको ओभानो बन्न खोजेको भन्दै महासचिव पोखरेलले भन्नुभयो यस्तो


काठमाडौं,  कातिक ६।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहमाथि कटाक्ष गनुभएको छ।

उहाँले हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत भएको बताउँदै दोषी जोसुकै भए पनि कानूनी कारबाही हुनुपर्ने बताउनुभएको छ । पोखरेलले २३ र २४ गते भएका विध्वंस र लुटपाटका घटनामा संलग्नहरूलाई पक्राउ गर्न खोज्दा गृहमन्त्री ओम प्रकाश अर्याललाई प्रयोग गरेर शाहले रोक्न लगाउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

उहाँले फेसबुकमा भन्नुभएको छ, ‘नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीमार्फत रोक लगाउने, अनि राजनीतिक दलहरूलाई दोषारोपण गर्दै आफू पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ।’

महासचिव पोखरेलले प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिइनुपर्नेमा जोड दिँदै एमालेको पूर्ण सहयोग रहने बताउनुभएको छ ।