काठमाडौँ, कात्तिक ७। प्रहरीले काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैँया नगदसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्गलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। प्रहरीले पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट नगदसँगै सुनका गहनासमेत बरामद गरेकाे छ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ। सो क्रममा पक्राउ परेका व्यक्तिहरूका सम्पूर्ण स्रोत र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिका पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्