रामेछाप, कात्तिक ९। मन्थली नगरपालिका–७ भटौलीमा सम्पन्न पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरले जितेको छ। ९ टिम सहभागी प्रतिस्पर्धामा भटौली स्टार ‘ए’ लाई हराउँदै भटौली टाइगरले विजेता बन्न सफल भएको हो।
विजेता टिम भटौली टाइगरले उपाधिसँगै नगद ३० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थानमा पुगेको भटौली स्टार ‘ए’ ले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।
त्यस्तै, मुगिटार समाज तेस्रो स्थानमा रहँदै नगद १० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हासिल गर्ने भटौली लाइनले नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएको छ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष भुवनहरि प्रसाईँ लगायतका अतिथिहरूले नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयाे ।
स्थानीयस्तरमा खेलकुद विकास र युवामा आपसी सहयोग तथा स्वास्थ्यप्रति चेतना अभिवृद्धिका उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भटौली क्षेत्रकै लोकप्रिय वार्षिक खेलमध्येको एक बनेको आयोजकहरूले बताएका छन्।














प्रतिक्रिया दिनुहोस्