काठमाडौं, कात्तिक ८ । कतारमा आयोजना हुने एसीसी पुरुष एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ ।
एशियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले नोभेम्बर २० अर्थात् मंसिर ४ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । दोहास्थित वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
नोभेम्बर १९ अर्थात् मंसिर ३ देखि सुरु हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले समूह चरणको दोस्रो खेल मंसिर ६ गते यूएईसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तान ‘ए’ को सामना गर्नेछ ।
स्रोत : उज्यालो अनलाइन














प्रतिक्रिया दिनुहोस्