काठमाडौं, कात्तिक ११ । जेनजी आन्दोलन पछि एमाले समाप्त भयो भन्दै भ्रम फिँजाएर हिँड्नेलाई नेकपा एमाले अर्घाखाँचीले गतिलो जवाफ दिएको छ ।
एमालेलाई लल्कार्नेहरूको सातो उडाउने गरी नेकपा एमालेले अर्घाखाँचीको सन्धिखर्कमा जुलुस निकालेको छ । प्रतिगामी र विध्वंसकारी हर्कत रोक्न नेकपा एमालेले आयोजना गरेको खबरदारी र्यालीमा हजारौँ मानिसहरू सडकमा उत्रिएका थिए । एमाले नेता कार्यकर्ताहरूले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रतिगमन र विध्वंसकारीको मुटु थर्किने गरी नारा लगाएका छन् ।
नेकपा एमाले अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ को घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभयो । यदि राज्यले उनीहरूलाई कारबाही नगरे नागरिकले कारबाही गर्नुपर्ने स्थिति आउन सक्ने उहाँले चेतावनी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले भदौ २३ र २४ का अपराधीलाई प्रहरी प्रशासनले कारबाही नगरे जनताले भाटे कारबाही गर्ने चेतावनी दिनुभयो ।
नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षतामामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा ठुलो सङ्ख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्