काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी अगूवाहरुबीच त्रिपक्षीय बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भोली (कात्तिक १२) अपराह्न ४ बजे बालुवाटारमा बस्नेछ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि र जेनजी समूहका अगूवालाई एकै स्थानमा राखी छलफल गर्न लागेको स्रोतले जनाएको छ। बैठकमा आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र परिवर्तनका एजेन्डालाई संस्थागत बनाउने विषयमा केन्द्रित छलफल हुने बताइएको छ।
बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका प्रमुख अगूवाहरू निम्तालिइएका छन् भने राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेता सहभागी हुने बुझिएको छ।













प्रतिक्रिया दिनुहोस्