जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार ०९:१२

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना


सोलुखुम्बु, १२ कात्तिक । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । पाइलट भने सकुशल रहेको उहाँले भन्नुभयो ।