काठमाडौं, २९ कात्तिक । गायिका ज्योति मगरले गगन थापा र योगेश भट्टराईप्रति व्यङ्ग्य गर्नुभएको छ । ज्योतिले गगन र योगेशले मिलेर अर्को पार्टी खोल्दा कसो होला भन्दै व्यङ्ग्य गर्नुभएको हो । उहाँले अध्यक्ष गगन थापा, महासचिव योगेश भट्टराई बाँकी पदाधिकारी थप्दै जाउँ भन्दै व्यङ्ग्य गर्नुभएको छ । यी पढे लेखेका मूर्खहरू देशको चिन्ताभन्दा नि पार्टीको अध्यक्षतामा देउवा र ओली भाकोमा बर्ता चिन्ता गर्छन्,ुउहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, एउटा कार्यक्रममा त गगन थापा, योगेश भट्टराई र रामकुमारी झाँक्री हामी तीन जना नै एम.सि.सि.वादी हो भनेर हास्दै थिए…. यी न कांग्रेसवादी न एमालेवादी न जनवादी न राजावादी यिनीहरू मलाई औसरवादी लाग्छन्… छुचो मुख छ फेरि गाली खाइने हो……।
गगन जी र योगेश जीले मिलेर अर्को पार्टी खोल्दा कसो होला ? गायिका ज्योति मगर













प्रतिक्रिया दिनुहोस्